Saturday, October 5, 2024

तेस्रो सिन्सिनिटी कृकेट कप : अप्रिल १३ र १४ मा हुँदै

spot_img

तेस्रो सिन्सिनिटी कृकेट कप २०२४ आगामी अप्रिल १३ र १४ मा गरीने भएको छ । प्रतियोगीता सिन्सी वरियरको आयोजनामा सिन्सिनिटीको कोर्रेन्ड टाउनसिफ अन्तर्गत वरियर मातहतको आफ्नै केलकुद मैदानमा हुने भएको छ ।

नक आउट राउन्डमा हुने उक्त खेलमा जम्मा ८ वटा टिम रहने छन् । प्रतियोगीतामा नेपाली भाषीले मात्र सहभागिता लिन पाउने टुर्नामेन्टका मेनेजर डिल्लु चम्लागाईले बताउनु भएको छ । सहभागी हुन चाहने टिमले यहि मार्च २५ सम्ममा रेजिस्ट्रेसन गरिसक्नु पर्ने उहाँले बताउनुभयो । प्रतियोगीतामा सुरुमा रजिस्ट्रेसन भईसकेका आठ टिमलाई सहभागी गराईनेछ।

टुर्नामेन्ट सचिन प्रधानको कोर्डिनेटमा सम्पन्न हुनेछ । मिडिया पार्ट्नरको रुपमा एनके ब्रदर्स र भुटनिज न्युज रहनेछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय