Saturday, October 5, 2024

नेपालले घरेलु मैदानमा खेल्नुपर्ने फिफा विश्वकप छनोट खेल बहराइनमा खेल्ने

spot_img

काठमाण्डौ — नेपालले घरेलु मैदानमा बहराइनसँग खेल्ने भनेको फिफा विश्वकप र एएफसी एसियन कप छनोटका दुवै खेल बहराइनमै खेल्ने भएको छ । होम एन्ड अवेका आधारमा छनोट खेल हुने भए पनि त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला खेल खेलाउन योग्य नभएपछि दुवै खेल बहराइनमा नै हुन लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

पूर्व निर्धारित खेलतालिकाअनुसार नेपाल र बहराइनबीचको पहिलो खेल दशरथ रङ्गशालामा चैत ८ गते र दोस्रो लेग चैत १३ गते हुनुपर्ने थियो । अब चैत ८ र १३ गते नै खेल बहराइन नेशनल स्टेडियममा हुनेछ ।

यसअघि एसियाली फुटबल महासङ्घका प्रतिनिधिले दशरथ रङ्गशालाको निरीक्षण गरेपछि त्यहाँ खेल हुन नसक्ने प्रतिवेदन बुझाएका थिए । बहराइन जानुअघि नेपाली टोलीले मलेसियामा अन्तिम तयारी गर्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय