Saturday, October 5, 2024

झापा गोल्डकपको फाइनल आज : चर्च ब्वाइज र एपीएफ भिड्दै

spot_img

बिर्तामोड । छैटौं झापा गोल्डकपको उपाधि छिनोफानोका लागि आज चर्च ब्वाइज र एपीएफ क्लव मैदान उत्रिदैछन् । दुवै टिम पहिलो पटक झापा गोल्डकपको फाइनल प्रवेश गरेका हुन् ।

डोमालाल राजवंशी रंगशालामा हुने फाइनल खेल ३ः१५ बजेबाट सुरु हुने आयोजक समितिले जनाएको छ । त्यो भन्दा अघि १ बजेबाट औपचारिक कार्यक्रम हुने छन् । फाइनल खेल अघि गायक कालिप्रसाद बाँस्कोटाको प्रस्तुति हुनेछ ।

फाइनल खेल हेर्नका लागि १२ बजेबाटै टिकट काउण्टर खुला हुने बताइएको छ ।

यसअघि झापा गोल्ड कपको दोस्रो संस्करण बाहेक सबै उपाधि आर्मीले हात पारेको थियो । दोस्रो संस्करण मनाङले जितेको थियो । पाँचौं संस्करणसम्म झापा ११ उपविजेता बनेको थियो । छैटौं गोल्डकपमा आयोजक टिम झापा ११ सेमीबाटै बाहिरिएको छ ।

झापा गोल्ड कपको बिजेताले १३ लाख नगद पुरस्कार, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले रु। ७ लाख पाउने छ । फाइनलमा प्रत्येक खेलाडीले जनही रु।२५ हजार बिधागत पुरस्कारको रुपमा पाउने छन् ।

उपाधिको दावेदार मानिएको त्रिभुवन आर्मी क्लबलाई सेमिफाइनलमा हराउँदै एपीएफले पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा पहिलो पटक सहभागी भएको चर्च ब्वाइज आयोजक झापा ११ लाई पराजित गर्दै फाइनल पुगेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय