Saturday, October 5, 2024

हङकङसँगको खेलमा नेपाल टस जितेर बलिङ गर्दै, करण केसीले पहिलो बलमै विकेट लिए

spot_img

काठमाण्डौ – त्रिदेशीय टी–२० शृङ्खलाअन्तर्गत हङकङसँगको पहिलो खेलमा नेपालले टस जितेको छ । मोङ कोकमा टस जितेर नेपालले बलिङ गरिरहेको छ । नेपालका करण केसीले खेलको पहिलो बलमै विकेट लिए ।

शृङ्खलामा नेपाल, हङकङ र पपुवा न्यूगिनी ९पीएनजी० रहेका छन् । तालिकाअनुसार पर्सि मङ्गलवार पीएनजीले नेपाल र हङकङ दुवै टोलीसँग खेल्नेछ । बुधवार फाइनल खेल हुनेछ । तालिकामा तेस्रो हुने टोलीले हङकङ ‘ए’ सँग टी–२० खेल्नेछ ।

क्यानले यसअघि नै युवा खेलाडी समेटेर टी–२० खेल्ने टोलीको घोषणा गरेको थियो । नेपाल रोहित पौडेलको कप्तानीमा हङकङ भ्रमणमा छ । प्रशिक्षक मोन्टि देशाइले दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललित नारायण राजवंशीलाई विश्राम दिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय