Monday, October 7, 2024

झापामा १४ वर्षीया किशोरीको सामूहिक बलात्कार

spot_img

भदौ १९ । झापामा १४ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन् ।

गत साउन २९ गते दमकस्थित गेस्ट हाउसमा लगेर तीन युवकले प्रतिकारबीच सामूहिक बलात्कार गरेको डिएसपी श्यामलकुमार सुब्बाले बताए । पीडक पक्षको दबाबले घटना ढिलो सार्वजनिक भएको हो ।

दबाबकै कारण कक्षा ९ मा पढ्ने किशोरी विद्यालय जान पाइरहेकी छैनन् । उनी माइती नेपाल काँकडभिट्टाको संरक्षणमा छिन् ।

बलात्कारका आरोपीहरु दमक नगरपालिका–१ का सुमन राई, समीर श्रेष्ठ, र कमल गाउँपालिका–५ का किरण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । याे खबर अाजकाे कान्तिपुर दैनिकमा ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय