Sunday, October 6, 2024

फ्रान्सको ” क्लेर्मोन्ट फेक्लेर्मोन्ट फेर्रान्ड इन्टरनेसनल शर्ट फिल्म फेस्टिभल ” मा नेपाली लघु चलचित्र ” साक्षी रुख “

spot_img

फ्रान्सको ” क्लेर्मोन्ट फेक्लेर्मोन्ट फेर्रान्ड इन्टरनेसनल शर्ट फिल्म फेस्टिभल ” मा नेपाली लघु चलचित्र ” साक्षी रुख ” छनौट भएको छ । यो सम्भवत पहिलो पटक अन्तरराष्ट्रिय प्रतिश्पर्धाको लागि रोटेर्डममा छनौट हुने पहिलो नेपाली लघु चलचित्र हुन सक्छ । निरञ्जनराज भेटवालको लेखन तथा निर्देशनमा बनेको फिल्म नेदरल्यान्डको ‘इन्टरनेसनल फिल्म फेस्टिभल रोटेर्डम’ र फ्रान्सको ‘क्लेर्मोन्ट फेर्रान्ड इन्टरनेसनल शर्ट फिल्म फेस्टिभल’मा छनोट भएको हो । दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलबाट विश्व प्रिमियर भएको यस चलचित्रलाई प्रकाश आङ्देम्बे , नवनिधि दाहाल र मनोरथ पोखरेलले निर्माण गरेका हुन । कार्यकारी निर्माताको रुपमा प्रेम प्रसाद अधिकारी रहेका छन । निर्देशक सम्झना तामाङले निर्देशन गरेको यस चलचित्र काभ्रे र रामेछापमा छायाङकन गरिएको छ भने यस अघी जर्मनीको बर्लिन अन्तर्राष्ट्रिय सिनेमा सर्ट फर्म स्टेसनले छनेता पनि बर्लिन महोत्सबले अन्तत छनौट गरेन यस्तै लुकार्नो , भेनिस जस्ता अन्त आधा दर्जन महोत्सबले नलिएता पनि फेस्टिभलमा पठाउने क्रम निरन्तर जारी राखेको थियो । अन्तर्गतको सर्ट फर्म स्टेशनमा यस चलचित्र छनौट भएको थियो। निरन्तर सात महिनाको समय निर्माण पक्षले लगाएर यस चलचित्रलाई निर्माण गरिएको छ । करिब १५ मिनेटको सर्ट फिल्म फेस्टिभल तीन वर्षसम्म महोत्सवहरूमा पठाउने लक्ष्य निर्माण युनिटले राखेको छ । त्यसपछि मात्र फिल्म युट्युबमा आउनेछ । यस युनिटको उदेश्य नेपाली सिनेमालाई अन्तरराष्ट्रिय जगत सम्म नेपाली सिनेमालाई लिएर जाने नै रहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय