Monday, October 7, 2024

चप्रामारीमा विद्युत सर्टभई आगलागि हुदा ५० लाखको क्षति

spot_img

झापाको कनकाई नगरपालिका ५ चप्रामारीमा विद्युत सर्टभई आगलागि हुदा दुइतले काठको घर जलेर पुर्णतय नष्ट्र भएको छ ।
सोमवार विहान करिव ११ बजे स्थानीय सोमनाथ अधिकारीको घरमा आगलागि हुदा उनको २ तले काठको घर जलेर नष्ट्र भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।
आगलागिलाई विर्तामोड र दमक नगरपालिकाको दमकल र स्थानीयवासीले एक घण्टा लगाएर नियन्त्रणमा लिएपनि घर र धनमान जलेर नष्ट्र हुदा ५० लाख रुपैँया बरावरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागि भएको कनकाई नगरपालिकामा भने दमकल छैन ।
यसैविच आगलागिका घटना वढेर मानिसको जलेर ज्यानै जान थालेपछि झापाका दमकल नभएका पालिकाहरुमा दमकलको माग गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई ज्ञापन पत्र बुझाइएको छ ।
झापाको शिवसताक्षी नगरपालिकाका नेकपाका अध्यक्ष महेन्द्र भट्टराईको नेतृत्वमा गएको टोलीले मन्त्रीसग दमकलको माग गरेको हो । ज्ञापनपत्र बुझ्दै मन्त्री कार्कीले शिवसताक्षी , कनकाई र कमल गाउपालिकालाई लक्षित गरि इलाका प्रहरीमा रहनेगरि चाडै दमकल उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको नेकपा शिवसताक्षीका सचिवालय सदस्य दुर्गा नेम्बाङले बताउनुभयो । झापाका दमक , विर्तामोड , मेचीनगर र अर्जुनधारा र भद्रपुर नगरपालिकामा दमकल भएपनि अझैपनि कनकाई , शिवसताक्षी , गौरादह नगरपालिका तथा अन्य गाउपालिकाहरुमा हालसम्म पनि दमकल छैन ।
तस्वीर ः दमकलका लागि प्रदेशका आन्तरिक मामला तथा कानुन मन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाइदै लीलाराज झापाली

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय