Sunday, October 6, 2024

पानीमा डुब्दा र पैनीले बगाउँदा झापामा दुई जनाको मृत्यु

spot_img

९ साउन, झापा । खेतमा जमेको पानीमा डुब्दा र पैनीले बगाउँदा आज झापामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका – १ गोलधाप निवासी ३८ वर्षीय विरेन्द्र वुढाथोकी र कमल गाउँपालिका – ५ निवासी ६८ वर्षीय काजीवहादुर जोशी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार वुढाथोकी आज विहानै हिँडेको र घर नफिर्किएपछि खोजी गर्ने क्रममा घर जकिकैको खेतमा जमेको पानीमा डुवेर मृत भेटिएका थिए ।

उता कमल गाउँपालिका – ५ मा जाशीको पैनीले बगाएर मृत्यु भएको हो । घरबाट गोठ जाने क्रममा चिप्लिएर पैनीमा खसेका जोशीलाई पैनीले बगाएको प्रहरीले जनाएको छ । उनको शव पाँच किलोमिटर टाढा फेला परेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय