Sunday, October 6, 2024

प्रदेश नं. १ बन्दमा घोषणा, बिहानैदेखि बन्दको प्रभाव

spot_img

४ श्रावण, झापा । संविधानले व्यवस्था गरेको लोकसेवा आयोगको आरक्षण कोटा कटौती गरेको भन्दै नेपाल आदिवासी जनजाती महासंघ झापाले शनिवार (आज) प्रदेश नं. १ बन्दको घोषणा गरेको छ । बन्दका कारण शनिबार बिहानैबाट सडकहरुमा सवारी सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ ।

लोकसेवा आयोगले स्थानीय तह र प्रदेशका लागि ९ हजार एकसय २६ जना निजामती कर्मचारीका लागि आव्हान गरेको विज्ञापनमा आरक्षण ४५ प्रतिशत हुनु पर्नेमा २३ प्रतिशत मात्र राखिएको प्रति महासंघले आपत्ति जनाउँदै प्रदेश बन्दको आव्हान गरेको हो ।

महासंघले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको शुक्रवार वेलुका बिर्तामोडको मुक्तिचोकमा पुत्ला दहन गरेको छ । ‘सरकारले नै संविधान उल्लङ्घन गरेको छ’ महासंघका पूर्वअध्यक्ष प्रेम घिसिङले भने ‘नभए संविधानमा व्यवस्था गरिएका कुराहरु दिनुपर्छ ।’ सरकारले नै आरक्षण कटौती गरेकाले बाध्य भएर आन्दोलन गरेको घिसिङले बताए ।

महासंघका अध्यक्ष भरतकुमार श्रेष्ठले जनजाति, आदिवासी, मुस्लिम, दलितलगायत ५९ वटा जातीय संघ÷संगठनको यस आन्दोलनमा ऐक्यवद्धता रहेको बताएका छन् । शनिवार बिर्तामोडमा हुने कोणसभालाई महासंघका केन्द्रीय उपाध्यक्ष गोविन्द छन्त्यालले संवोधन गर्ने उनले बताए ।

शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै बन्दलाई सफल बनाउन सहयोग गरिदिन आग्रह गरिएको थियो । कार्यक्रममा संघीय लिम्बुवान मञ्च नेपाल झापाका अध्यक्ष धनबहादुर पन्धाक, झापाका सचिव विरेन मेचेलगायतको उपस्थिति रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय