Monday, October 7, 2024

जंक फूड विस्थापित गर्न वडाले बाँढ्यो टिफिन

spot_img

हल्दिबारी । झापाको हल्दिवारी गाउँपालिकाको १ नम्बर वडा कार्यालयले विधार्थीलाई खाजा बोक्ने टिफिनकारी वितरण शुरु गरेको छ ।
अध्ययनका लागि विधालय स–साना बालबालिकालाई घरबाटै खाजा ल्याउन सहज होस् भन्ने उदेश्यले टिफिलन वितरण थालिएको छ । जंङ्क फूडका कारण विधार्थीको स्वास्थ्य समस्या हुने भएकाले घरबाटै घरायसी खाजा ल्याउन जोड दिँदै वडा कार्यालयले ४ बिधालयका ४ सय १९ बिद्यार्थीलाई टिफिन बक्स बिरतण थालेको वडाध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।

अभिभावकले दिएको दैनिक खाजा खर्चले बिद्यार्थीले जङ्क फूड खाने भएकाले स्वास्थ्यमा ख्याल गर्दै टिफिनकारी बितरण गरेको उनको भनाइ छ । बुधवार वडामा रहेको दुर्गा देवी प्राबिका १ सय ५ जना बिद्यार्थीलाई वडाध्यक्ष सापकोटासहित जनप्रतिनिधिले टिफिन उपलब्ध गराएका छन् । यस्तै, देवी प्राविपछि वडाले स्थानीय जनजागृति माविका प्रावि तहका विधार्थीलाई पनि टिफिन उपलब्ध गराएको वडा सदस्य पदम राईले जानकारी दिए ।

वडा कार्यालयले देवी प्राबि , जनजागृती माबि, गरमकाली आधारभुत बिधालय र सरस्वती माबिका प्राबि तहका बिधार्थीलाइ १ लाख मूल्य बराबरको टिफिन बक्स बितरण गर्ने कार्यक्रम बनाएको वडा सदस्य सरिता न्यौपानेले जानकारी दिएकी छन् ।

वडाध्यक्ष सापकोटाले अभिभावकलाई बालबालिकालाई हरेक दिन घरमै खाजा बनाएर पठाउन आग्रह गरेका छन् । उनले शिक्षासँगै स्वास्थ्यको ख्याल गर्न समेत आग्रह गरेका छन् ।
कार्यक्रममा सहभागी अभिभावकले जनप्रतिनिधिलाई घरबाटै खाजा पठाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय