Monday, October 7, 2024

आचरण विपरीत काम गर्ने प्रदेश एकका २८९ प्रहरी कारवार्हीमा

spot_img

२३ वैशाख, झापा । १ नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरले चालु आर्थिक बर्षको अहिले सम्म २ सय ८९ प्रहरीलाई कार्वाही गरेको छ । संगठनलाई आँच आउने एवं प्रहरी संगठन विपरीत काम गरेको भन्दै उनीहरुलाई कार्वाही गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

संगठनमा आर्थिक लेनदेन, अनैतिक सम्वन्ध, मादक पदार्थ सवेन , संगठनको निर्देशन पालना नगर्ने, प्रहरी नियमवाली विरुद्ध काम गर्नेलाई कार्वाही गरेको र राम्रो काम गर्ने चालु आर्थिक बर्षमा मात्र ४ सय १३ जनालाई पुरस्कृतसमेत गरेको १ नम्बर प्रहरी कार्यलयका प्रवक्ता डिएसपी सिद्धराज न्यौपाने बताए ।

पूर्वमा १२ हजार ९ सय ७० जना प्रहरीको दरवन्दी छ । प्रहरी संगठन विपरीत लागेकाहरुलाई आन्तरिक सुद्धिकरण गरीएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय