Monday, October 7, 2024

प्रदेश–१ मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा

spot_img

१८ बैशाख, विराटनगर । प्रदेश नम्बर–१ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयकारुपमा तत्कालीन धनकुटास्थित क्षेत्रीय प्रशासन कार्यालयको भवन प्रयोग गर्ने निर्णय गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को मंगलबार विराटनगरमा बसेको बैठकले योसहित विभिन्न १३ ओटा निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारको प्रवक्तासमेत रहेका हिक्मतकुमार कार्कीले बैठकले कानुन मस्यौदा सुझाव समितिको म्याद थप गर्ने निर्णय गर्नुका साथै कर्मचारी पदस्थापन तथा सरुवासम्बन्धी कार्यविधि २०७६ लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिए ।

यसैगरी, धनकुटामा यातायात सेवा कार्यालय स्थापना गर्ने निर्णय गरिनुका साथै प्रदेश योजना आयोगको गठन तथा कार्यसन्चालन आदेश २०७५ लाई संशोधन गर्ने निर्णय भएको छ ।

इन्जिनियर तथा सबइन्जिनियरलाई सेवा तथा करारमा लिन छनोट गर्ने कार्यविधि २०७६ स्वीकृति प्रदान गरिएको छ । उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट प्रदान गरिने अनुदानसम्बन्धी कार्यविधि २०७६ लाई स्वीकृत प्रदान गरिने निर्णय गरिएको छ । चैतेधान विशेष सहयोग कार्य कार्यान्वयन कार्यविधि २०७५ लाई स्वीकृत प्रदान गर्ने निर्णय भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय