Sunday, October 6, 2024

प्रदेश दुइमा स्थगित एसईई परिक्षा चैत्र २२ देखि

spot_img

१८ चैत्र, झापा । प्रदेश दुइमा स्थगित माध्यामिक शिक्षा परीक्षा एसईई परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकले स्थगित एसईईको परीक्षा चैत २२ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

बोर्डको आज बसेको बैठकले बिज्ञान बिषयको परिक्षा चैत्र २२ गते सञ्चालन गर्ने बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्यालले जानकारी दिनुभयो ।

त्यस्तै चैत्र २३ गते सामाजिक ,२४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्रविधिक धारका विषयहरुको परीक्षा लिइने बोर्डले जनाएको छ ।

चैत्र १० गतेबाट शुरु भएको परीक्षाको चौथो दिनको विज्ञान विषयको  प्रश्नपत्र परिक्षा अगाडीनै बाहिरीएको पाइएपछि बिज्ञान बिषयको परिक्षा रद्ध गरिएको थियो ।

पाँचौ दिनको सामाजिक बिषयको  प्रश्न पत्र  पनि बाहिरीए पछि एसइइ परिक्षानै स्थगित गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय