Tuesday, October 8, 2024

विप्लवका समूहका ब्युरो संयोजक श्रेष्ठ पक्राउ

spot_img

११ चैत. काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ का कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) पक्राउ परेका छन् । प्रहरीले उनलाई आइतबार राति पूर्वी क्षेत्रबाट पक्राउ गरेको हो ।

 

 

काठमाडौँस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष तथा तत्कालीन माओवादीका ब्यूरो सदस्य रहेका संयोजक श्रेष्ठलाई आजै सार्वजनिक गर्ने स्रोतले जानकारी दिएको छ ।

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै उक्त पार्टीका कार्यकर्तामाथि कडा निगरानी गर्दै आएको छ । यसैबीच, शुक्रबार राति काभ्रेबाट चन्द समूहका तेस्रो वरीयताका नेता तथा मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरिएको थियो ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय