Tuesday, October 8, 2024

पथरी शनिश्चरे क्याम्पमा अन्तर सेक्टर स्तरिय फुटबल प्रतियोगिता सुरु

spot_img

२२ असोज, पथरी । युवा मैत्री केन्द्रले पथरी शनिश्चरे क्याम्पमा सेजल एण्ड सिस्टर फाउण्डेसनको आर्थिक सहयोगमा अन्तर सेक्टर स्तरिय फुटबल प्रतियोगिता सुरु गरेको छ ।

युवा मैत्री केन्द्रलाई मासिक रुपमा युवा लक्षित कार्यक्रमहरुको लागि आर्थिक सहायता प्रदान गर्दै आईरहेको सेजल एण्ड सिस्टरको फाउण्डेसनको आर्थिक सहयोगमा ४ वटा सेक्टरहरु सेक्टर ए, बि ल, सि र डिबाट ५ वटा टिमहरु सहभागी भएका छन्  । आजको पहिलो खेलमा सेक्टर डिलाई सुन्यको विरुद्ध ४ गोल गर्दै सेक्टर ए बिजयी भएका छन भने सेक्टर ए का खेलाडी सुमन राईले ह्याक्ट्रिक पनि गरेका छन्  । दोस्रो खेलमा सेक्टर बि र सि बीचको खेल सम्पन्न भएको छ । निर्धारित समयमा एक बराबरी गोलमा सिमित रहे पछि ट्राइ ब्रेकरमा सेक्टर बि बिजयी भएको छ । भोली नै फाइनल खेल हुँदै प्रतियोगिता सम्पन्न हुनेछ ।

सानो लगानीमा नै स्थानिय खेलाडी उत्पादनको लक्ष्य लिएर युवा मैत्री केन्द्रले यस खेललाई आयोजना गरेको अध्यक्ष महल तामाङले जानकारी दिनुभएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय