Tuesday, October 8, 2024

काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल र माल्दिभ्ससँग खेल्दै

spot_img

२२ असोज । काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । श्रीलङ्कामा भइरहेको प्रतियोगितामा नेपाल र माल्दिभ्सको खेल नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे शुरु हुनेछ ।

कोलम्बोको सुगाथादासा रङ्गशालामा आजै श्रीलङ्का र किर्गिस्तान तथा तुर्कमेनिस्तान र उज्वेकिस्तान पनि खेल्दैछन् । यसअघि हिजो भएको आफ्नो दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो । पहिलो खेलमा भने नेपालले घरेलु टोली श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराएको थियो ।

आउँदो शनिवारसम्म चल्ने प्रतियोगितामा नेपालसहित आयोजक श्रीलङ्का, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी ६ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालले चौथो खेलमा पर्सि असोज २४ गते किर्गिस्तानसँग खेल्नेछ । नेपालले पाँचौँ खेलमा असोज २५ गते तुर्कमेनिस्तानसँग खेल्ने तालिका छ । प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ गते फाइनल हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय