Friday, November 22, 2024

गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन

spot_img
अर्पित राई

१५ भाद्र, काठमाडौं । गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा विहीबार राति निधन भएको छ ।

विसं १९८२ साल असोज २ गते जन्मिएका रिमालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान १० बजेसम्म नयाँ बानेश्वरमा रहेको उहाँकै निवासमा राखि अन्त्यष्टिका लागी पशुपति आर्यघाट लगिएको छ ।

रेडियो नेपालका पहिलो गायक समेत रहेका रिमालको ‘फगत एक नजरमा कसैले लियो मन’ लगायत गीत सदाबहार छन् । उहाँ नेपाली नाटक र चलचित्र जगतका प्रख्यात अभिनेता तथा निर्देशक हुनुहुन्थ्यो । उहाँले ‘मनको बाँध’, ‘के घर के डेरा’,‘आमा’, ‘मुकुन्द इन्दिरा’, ‘सन्तान’ जस्ता ऐतिहासिक नाटकमा अभिनय गर्नुभएको छ ।

उनका मृत्युमा श्रद्धाञ्जली दिन कलाकार गयकहरु पशुपति आर्यघाट पुगेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय