Tuesday, October 8, 2024

विप्लव समूहविरुद्ध प्रहरी एक्सन, १७ जना हिरासतमा (नामावलीसहित)

spot_img

५ चैत, काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै सुरक्षा संयन्त्र कडारुपमा उत्रिएको छ । नेपाल प्रहरीको विशेष ब्युरोले विभिन्न युनिटको सहयोगमा १७ जनालाई पक्राउ गरेर हिरासतमा लिएको हो ।

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार पक्राउ पर्नेमध्ये अधिकांशलाई हाल काठमाडौं प्रहरी परिसर, टेकुको हिरासतमा राखिएको छ । ती अधिकारीका अनुसार पक्राउ पर्ने सबैभन्दा उच्च तहका नेता विप्लव समूहका पोलिब्युरो सदस्य जीवन्त भनिने मोहन कार्की छन् ।

पक्राउ पर्ने अन्यमा विप्लव समूहको जनवर्गीय संगठन किसान महासंघका अध्यक्ष राजु कार्की, विप्लवका पूर्वअंगरक्षक सूर्य भुजेल, नेता जयराम दंगाल, केदार खतिवडा, अर्जुन केसी र अर्जुन गोतामे छन् ।

त्यस्तै, रविन केसी, वीरेन्द्र नेपाली, विपीन लामा, नविन विष्ट, विमला भण्डारी, गौरी धामी, रुकमिणी पुडासैनी, उषा भुजेल, रामकुमार अधिकारी र ज्ञानेन्द्र बुढाथोकी छन् ।

पक्राउ परेका मध्ये विप्लवका पूर्वअंगरक्षक भुजेलको ११ फागुनमा एकजनाको मृत्यु र दुईजना घाइते हुने गरी नख्खुस्थित एनसेल मुख्यालयमा भएको शक्तिशाली विस्फोटमा प्रत्यक्ष संलग्नता रहेको देखिएको थियो । उनकै योजनामा ६ जना घटनास्थल पुगेर विष्फोटलाई कार्यान्वयनमा ल्याइएको अनुसन्धान अधिकारीहरुको निष्कर्ष थियो ।

उनीवरुद्ध प्रहरीले फौजदारी संहितामा रहेको व्यवस्था अनुरुप बम विस्फोट, हातहतियार तथा खरखजना र ज्यान मुद्दा चलाइएको छ । प्रहरीका अनुसार एनसेलमा विष्फोट गराइएकै दिन कमलपोखरीस्थित आँगन रेस्टुरेन्टमा भेटिएको बमबारे अनुसन्धान गर्ने क्रममा किसान महासंघका कार्कीको संलग्नता देखिएको थियो ।

कार्कीले रेस्टुरेन्टका सञ्चालकलाई केही दिनअघिदेखि धम्की दिँदै आएको खुलेपछि कार्की अनुसन्धानका दायरामा तानिएका थिए । भुजेललाई प्रहरी परिसर, ललितपुरमा राखिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय