Tuesday, October 8, 2024

झापा आए पूर्व राजा ज्ञानेन्द्र

spot_img

तराईका जिल्लाको भ्रमणका रहेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार राति करिब १० बजे झापा पुगेका छन् । उनी झापामा चिया बगानमा बसेका छन् । आजको भने उनको औपचारिक कार्यक्रम नरहेको उनको भ्रमण दलमा रहेका शिवसेनाका अध्यक्ष अनिल बस्नेतले जानकारी गराए । आइतबार सप्तरीको भ्रमणमा गएका उनलाई पत्रकारले सोधेका थिए,‘‘यो भ्रमण राजसंस्था ब्युँताउने तयारीका लागि हो ?’’

उनको जवाफ थियो, ‘‘यो कुरा जनतासँग नै सोध्नुस् ।’’ उनी सप्तरीमा छिन्नमस्ता मन्दिरको दर्शन गर्न पनि गएका थिए । सो अवसरमा पूर्व राजालाई समर्थकहरुले पूष्प गुच्छाले स्वागत गरेका थिए । सयौंको संख्यामा रहेका स्थानीय बासिन्दलाई उनले गाडीबाट नै हात हल्लाएर अभिवादन फर्काएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय