Monday, October 7, 2024

विद्युत् चोरी गर्ने २८ पक्राउ

spot_img

१५ भाद्र, महोत्तरी । विद्युत् चोरी गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्लाको विभिन्न स्थानबाट गर्ने २८ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखाको आग्रहमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रहरी टोलीले बिहीबार साँझ सदरमुकाम जलेश्वरसहित विभिन्न ठाउँमा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरी ल्याइएको हो ।

पक्राऊ परेका व्यक्तिले प्राधिकरणमा जरिवाना बुझाएपछि उनीहरुलाई छाडिने बताइएको छ । प्राधिकरणले विद्युत नियन्त्रणका लागि विशेष अभियान चलाइरहेको जनाएको छ । -रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय