Thursday, October 10, 2024

पोखरामा सरकारी गाडी जलाउनेलाई पक्रेको विरोधमा प्रदर्शन, नेविस‌ंघ अध्यक्षसहित पक्राउ

spot_img

२२ माघ, काठमाडौँ । गत शनिबार पोखरामा सरकारी गाडी जलाउने आफ्ना कार्यकर्तालाई पक्राउ गरेको विरोधमा नेविसंघले राजधानीमा प्रदर्शन गरेको छ । मिनभवनस्थित कमर्स क्याम्पसबाट नेविसंघ अध्यक्ष नैनसिंह महरको नेतृत्वमा निस्केको जुलुसमा प्रहरीले तत्कालै हस्तक्षेप गरेको छ ।

पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहा माग गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघ अध्यक्ष महरसहित १२ जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको हो । कमर्स क्याम्पसबाट निस्केका नेविसंघका नेता कार्यकर्ताको जुलुस बानेश्वरस्थित संसद भवन अगाडिको सडकमा आइपुग्नेबित्तिकै प्रहरीले हस्तक्षेप गरेको हो ।

सार्वजनिक विदाको दिन गाडी चलाएको भन्दै पोखरामा सरकारी गाडी जलाउने नेविसंघका तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ । सरकारी गाडी जलाउनु गलत भएको बताएका कांग्रेस सांसद गगन थापा सोमबार पोखरा पुग्दा नेविसंघ कार्यकर्ताले कालोझण्डा देखाउँदै विरोध गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय