Monday, October 7, 2024

श्री स्वस्थानीको ब्रत आजदेखि सुरु

spot_img

७ माघ, काठमाण्डौ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन सोमबारदेखि सुरु भएको छ ।

पौष शुक्ल पूर्णिमाको अघिल्लो दिनै हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यो व्रत आरम्भ गरिन्छ । बिहान माघ स्नान गरी मध्याहृनकालमा महादेवको पूजा गर्ने र बेलुकी ‘स्कन्द पुराण’को केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार अगस्त्यबीच भएको संवाद सुन्ने र सुनाउने गरिन्छ ।

एक महिनासम्म यही विधि अनुरुप व्रत बसेर माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइने प्रचलन छ ।

यो व्रत विधि अनुसार चढाइएका प्रसादहरु सबैबाट आठ–आठ ओटा झिकेर पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई र मीत छोरा पनि नभएमा जुन कामना सिद्ध होस् भनी ब्रत बसेको थियो त्यो कामना सिद्ध होओस् भनी नदीमा लगेर बगाउने गरिन्छ ।

स्वस्थानीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । स्वस्थानीको ब्रतको एक महिनाभार काठमाण्डौको साँखुमा रहेको शालीनदीमा मेला लाग्ने गर्छ ।

यस वर्षको मेला पनि सुरु भएकोे श्रीमाधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । भक्तजन र ब्रतालुको सुरक्षा तथा बजार व्यवस्थापन शंखरापुर नगरपालिकाले गरेको छ । यस्तै भक्तपुरको हनुमानघाटमा पनि  माधवनारायणको एक महिने ब्रत हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय