Thursday, October 10, 2024

राप्रपाले जितेका तीन स्थानीय तहमा पृथ्वी जयन्ती बिदा

spot_img

२७ पुस, काठमाडौँ । संघीय सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा कटौती गरेको भए पनि राप्रपाले जितेका स्थानीय तहले बिदा दिने निर्णय गरेका छन् ।

रापपाका महामन्त्री तथा झापा ३ का प्रतिनिधिसभा सांसद राजेन्द्र लिङदेनले राप्रपाले बहुमत प्राप्त गरेका नगरपालिका र गाउँपालिकामा बिदा दिने व्यवस्था मिलाउन पार्टीको केन्द्रीय समितिले निर्देशन दिएको बताए ।
बाँके, झापा र धादिङका स्थानीय तहको निर्णयले आफूसहित हिन्दु अधिराज्य पक्षधर शक्तिलाई उत्साहित बनाएको उनले प्रतिक्रिया दिए ।

झापाकै हल्दिबारी र गौरीगन्ज गाउँपालिकामा पनि बिदा गर्न केन्द्रले निर्देशन दिएको तर बहुमत नपुगेका कारण निर्णय हुन नसकेको उनले बताए ।
स्थानीय तह निर्वाचनमा दुवै गाउँपालिकाको अध्यक्ष राप्रपाले जितेको थियो । ‘पृथ्वीनारायणले एकता नगरेको भए आज नेपाल रहँदैनथ्यो,’ उनले भने, ‘सरकारले बिदा नदिए पनि हामी उत्सवका रूपमा मनाउँछौं ।’

नेपालगन्ज उपमहानगरपालिकाले जारी गरेको विज्ञप्तिमा नगर कार्यपालिकाका कार्यालय, सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायतमा बिदा दिइने उल्लेख छ । पृथ्वी जयन्तीको अवसरमा शुक्रबार बागेश्वरी पार्कदेखि मोटरसाइकल र्‍याली निकाल्ने र त्रिभुवन चोकमा विसर्जन गर्ने कार्यक्रम छ ।

कोहलपुरमा मोटरसाइकल परिक्रमा गर्ने र बेलुका चोक–चोकमा पृथ्वीनारायण शाहको सम्झनामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको उपमहानगर प्रमुख डा. धवलशमशेर राणाले बताए । ‘यो देशमा थुप्रै पर्वमा बिदा दिइन्छ तर राष्ट्रको एकता गर्ने महान् व्यक्तित्वको सम्मान छैन,’ उनले भने, ‘अरू राजनीति गर्छन्, हामीले देश चलाउनुपर्छ ।’

कचनकवल गाउँपालिका अध्यक्ष अञ्जार आलमले बाइसी चौबिसी राज्यलाई एकीकरण गर्न पृथ्वीनारायण शाहले गरेको योगदानको स्मरण गर्दै बिदा दिने निर्णय भएको बताए । सबै जनप्रतिनिधिको सहमतिमा बिदाको निर्णय भएको उनले जानकारी दिए । मंगलबार सम्पन्न गाउँसभा बैठकमा अध्यक्ष आलमले राखेको बिदा दिने प्रस्तावको बहुमत सदस्यले समर्थन गरेका थिए । ‘मैले बिदाको कुरा उठाएँ, नेकपा र कांग्रेसका सदस्य साथीले पनि समर्थन जनाए,’ उनले भने ।
@KantipurNews
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय