Monday, October 7, 2024

जनकपुर आयो ५३ डब्बासहित ब्रोडगेज रेल, भारबहन क्षमता परीक्षण सफल

spot_img

२५ असोज, काठमाडौं । जयनगर–जनकपुर रेल सेवाको भारबहन क्षमता परीक्षण सफल भएको छ । परीक्षण सफल भएकाले अबको दुई–तीन महिनाभित्र औपचारिक रुपमा ब्रोडगेज सन्चालन आउन सक्ने रेल विभागका इन्जिनियर बताउँछन् ।

बुधबार निर्माण सामग्री ब्लास्ट (गिट्टी) लिएर रेल जनकपुर आएको थियो । ५३ वटा मालबाहक डिब्बामा गिट्टी बोकेर रेल जनकपुर आएको र भार बहन क्षमताको परीक्षण सफल भएको रेल विभागका इन्जिनियर अमन चित्रकारले जानकारी दिए ।

‘रेलवे बनाउन आवश्यक निर्माण सामाग्री पनि आयो, अहिलेसम्म बनाइएको लिकले भार थेग्न सक्छ कि सक्दैन भनेर परीक्षण पनि भयो,’ चित्रकारले भने, ‘अब यही २०१८ को अन्तिमसम्ममा रेल औपचारिक रुपमा सन्चालनमा आउनसक्छ ।’

यसअघि जनकपुरदेखि जयनगरसम्म न्यारोगेजमा रेल चलाइएको थियो । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणका क्रममा भारतीय नाकासँग जाेडेर नेपालका विभिन्न पाँच खण्डमा रेलमार्ग निर्माण सम्झाैता भएकाे थियाे ।सोही सहमतिअनुसार हाल भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रेल मार्ग निर्माणको काम भइरहेको छ ।

भारत बिहारको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर लामो लिक बिछ्याएर रेल चलाउने तयारीअनुसार काम भइरहेको छ । तर तत्काललाई जनकपुरदेखि कुर्थासम्म ३४ किलोमिटर खण्ड निर्माण गरेर भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । जग्गा प्राप्तिको प्रक्रिया सकिएलगत्तै बर्दिवास खण्डमा पनि रेल मार्ग निर्माण सुरु हुने छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय