Tuesday, October 8, 2024

जुकेखाडी र हचुमासा वन विजयी : झापा जिल्ला सामुदायिक वनस्तरीय नकआउट फुटबल प्रतियोगिता

spot_img

२२ असोज, कनकाई । प्रजापति सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा जारी झापा जिल्ला सामुदायिक वनस्तरीय नकआउट फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा जुकेखाडी सामुदायिक वन अर्जुनधारा र हचुमासा सामुदायिक वन अर्जुनधारा विजयी भएका छन् ।

पाँचपोखरी सामुदायिक वन बुद्धशान्तिलाई टाइब्रेकरमा हराउँदै जुकेखाडी विजयी भएको हो । खेलको म्यान अफ द म्याच पाँचपोखरीका सन्तोष धिमाल भएका छन् । त्यसैगरी, दोस्रो खेल हचुमासा सामुदायिक वन अर्जुनधाराले आयोजक प्रजापति सामुदायिक वन कनकाईलाई २–० गोलको अन्तरले विजयी वनेको छ ।

हचुमासाका तर्फबाट बबिन बोहोराले नै २ गोल लगाएर खेललाई अग्रता दिलाएका हुन् । खेलको म्यान अफ द म्याच प्रजापतिका टिकाराम न्यौपाने भएको आयोजक समितिका अध्यक्ष सूर्य थापाले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय