Saturday, October 5, 2024

विराटनगरमा फेरि अर्को घटना : सुरक्षा गार्डको अाँखा फुटाएर हत्या

spot_img

बिराटनगर / बिराटनगरमा एक युवतीकाे विभत्स हत्याभएकाे केहि दिन नबित्दै फेरि अर्काे घटना भएकाे छ । विराटनगरस्थित विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा अाँखा फुटाएकाे अवस्थामा एक व्यक्तिकाे शव भेटिएकाे छ । साेहि हार्डवेयरमा सुरक्षा गार्डकाे रूपमा काम गर्दै अाएका अन्दाजी ५० वर्षीय टंक भट्टराईको आँखामा गम्भिर चाेट लागि फुटेकाे र शरिरमा चाेट लागेकाे अवस्थामा शव फेला परेकाे प्रारम्भिक जानकारी प्राप्त भएकाे छ । शनिवार राती नै उनकाे हत्या भएकाे हुन सक्ने अनुमान गरिएकाे छ । भट्टराइ विराटनगर ४ ज्योति नगर टोल निवासी भएकाे जानकारी प्राप्त भएकाे छ ।

भट्टराईको आइतबार बिहान ९ः४५ हार्डवेयरका कामदारले ढोका खोल्दा भट्टराई सुत्ने कोठाको खाटमुनि शव देखेपछि आफुहरुलाई खबर आएको प्रहरीले जनाइएको छ । शव सिरानीले मुख थुनेको अवस्थामा फेला परेको उनीहरुले बताएका छन् । हत्या गरिएका भट्टराईको अनुहार र शरीरका विभिन्न भागमा चोट देखिएको छ । उनको देब्रे आँखा निकालिएको छ । घटनास्थलमा खटिएका मोरङ प्रहरी प्रवक्ता डीएसपी निशान थापाले घटना हत्या नै भएको बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय