Sunday, October 6, 2024

तलब नपाएको भन्दै शिक्षकले गरे विद्यालयमा तालाबन्दी

spot_img

२१ असोज, लहान । लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् ।

दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलब नपाएकाले विद्यालयमा तालाबन्दी गरिएको शिक्षक रामकुमार साहले जानकारी दिनुभयो ।

शिक्षकले आफूहरु तलब नपाएसम्म विद्यालयमा तालाबन्दी र पठ्नपाठन नगर्ने बताएका छन् । यता विद्यालयका प्राध्यनाध्यापक प्रमेश्वर रायले आवश्यक सम्पूर्ण प्रक्रिया तयार पारेर लहान नगरपालिकामा बुझाए पनि तलब निकासा नगरेकाले शिक्षकहरुलाई तलब उपलब्ध गराउन नसकिएको बताउनुभयो ।

विद्यालयमा पटक–पटक तालाबन्दी हुँदा एक हजार विद्यार्थीको भविष्य अन्धकार बन्दै गएको छ । (रासस)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय