Sunday, October 6, 2024

नेपाल आईडलमा भोटिङ राउण्ड सुरु : अब १२ जना प्रतियोगी

spot_img

११ साउन, काठमाण्डौ । नेपालमा अहिले निकै चर्चामा रहेको सिङगिङ रियालिटि सो ‘नेपाल आईडल सिजन २’ को अडिसन देखि पियानो सम्म सम्पुर्ण राउण्डहरु सकिएको छ । अब भने गाला राउण्ड सगै भोटिङ पनि सुरु भएको छ । उक्त शो को निर्णयकमा कालि प्रसाद बास्कोटा, न्यु बज्राचार्य र ईन्दिरा जोशी रहेका छन ।
शो मा अहिले मात्र १२ प्रतिसपर्धीले प्रतिसपर्दा गरिरहेका छन । अब भने प्रतियोगिले निर्णयकहरलाई मात्र प्रभावित हैन तर सम्पुर्ण दर्शकलाई पनि आफ्नो स्वरले प्रभावित पार्नुपर्ने भएको छ ।
विहीबार साझ ८ः३० बजेबाट भोटिङ लाईन खुल्ने भएको छ । भोटिङको लागी सबै प्रतियोगिहरुको आ–आफ्नै भोटिङ कोडहरु पनि सार्वजनिक भईसकेको छ ।
यो सगै नेपाल भरी नेपाल आईडलको प्रतियोगिहरुको आ–आफ्नो ठाउ, जिल्लामा भोट सङकलन गर्ने र प्रचार प्रसार गर्ने कार्य भव्यताका साथ सुरु भएको छ ।
भोटिङ लाई बिहिबार साझ ८ः३० देखि शुक्रबार दिउसो १२ बजे सम्म खुल्ला रहने छ ।
भोट कसरी गर्ने ?
आफुलाई मन परेको प्रतियोगिलाई अर्को राउण्डमा देख्नको लागी तपाईले आफ्नो फोनको म्यासेज बक्समा गएर आफुलाई मन परेको प्रतियोगिको कोड लेखि तेस्लाई ३१००९ मा पठाउनुपर्ने छ ।
तेस्तै तपाईले अनलाई भोट पनि गर्न सक्नुहुन्छ तेस्को लागी तपाईले तपाईको फोनमा रेस्पेक्ट एण्ड राईज को मोवाईल एप डाउनलोड गरेर आफुलाई मन परेको प्रतियोगिलाई भोट गर्न सक्नुहुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय