Sunday, October 6, 2024

अग्रज गायक तथा सङ्गीतकार मनोज राईलाई सम्मान गरीने

spot_img

नेपाली भाषी भुटानी समाजका अग्रज गायक तथा सङ्गीतकार मनोज राईलाई सम्मान गरीने भएको छ । साहित्यिक तथा साँस्कृतिक मञ्च कोलम्बसले आगामी २८ सेप्टेम्बर, शनिबार साँझ ६ बजे स्रष्टा सम्मान तथा एकल गजल वाचन कार्यक्रम आयोजना गरि मनोज राईलाई सम्मान गर्न लागेको हो ।

निकै लामो समयदेखि नेपाली गीत सङ्गीतको क्षेत्रमा सक्रिय नेपाली भाषी भुटानी समुदायका मनोज राई सङ्गीत जगतमा धेरैका निम्ति प्रेरणा हुन् । दक्षिण भुटानमा सन् १९९० मा आन्दोलन चर्किएपछि शरणार्थी हुन पुगेका राईसँग झण्डै दुई दशक शरणार्थी जीवन बिताएको तितो अनुभव छ । तर शरणागत अवस्थामा पनि राई नेपाली गीत-सङ्गीतबाट कति पनि टाडा भएनन् । चरम अभाव र पीडाका बिच उनले निरन्तर नेपाली गीत-सङ्गीतको सेवा र साधाना गरीरहे ।  नेपाली गीत-सङ्गीत क्षेत्र पुर्याएको यीनै योगदानको कदर गर्दै साहित्यिक तथा साँस्कृतिक मञ्च कोलम्बसले राईलाई सम्मान गर्न लागेको हो ।

कार्यक्रममा गायक तथा सङ्गीतकार मनोज राईको एकल साङ्गीतिक प्रस्तुती पनि रहने छ । कार्यक्रममा गजलकार सविन शर्माबाट एकल गजल वाचन रहने आयोजकले जानकारी दिएको छ ।

नेपाली कला – साहित्यको विकास र सम्बर्द्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको आयोजक साहित्यिक तथा साँस्कृतिक मञ्च कोलम्बसको अध्यक्ष अर्जुन रसाईली छन् । त्यसैगरी उपाध्यक्ष धर्मेन्द्र तिम्सिना, सचिव आर.बी खड्का, कोषाध्यक्ष पुर्ण अधिकारी, सम्पर्क संयोजक सविन शर्मा र सल्लाहकारमा भाषा परिषदका अध्यक्ष गंगा लामीटारे रहेका छन् ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय