Sunday, October 6, 2024

कांग्रेस नेता महेश दाहाल नेपाल टेलिभिजनका पूर्व अध्यक्ष नेकपामा प्रवेश

spot_img

९ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस नेता दाहाललाई मंगलबार बिहान धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच पार्टी प्रवेश गराउनु भएको हो ।

नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल, नेपाल विद्यार्थी संघलगायतको भातृ संगठनमा केन्द्रीय नेतृत्वमा रहेर लामो समयसम्म काम गर्दै आउनु भएका दाहालले मुलुकको भविष्य निर्माण गर्न सक्ने पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्रै भएको निष्कर्षसहित आफू त्यो पार्टीमा प्रवेश गरेको बताउनु भयो । उहाँले आफू व्यक्तिगत स्वार्थका लागि भन्दा पनि देश र जनताको हितलाई केन्द्रमा राखेर नेकपामा प्रवेश गरेको पनि स्पष्ट पार्नु भयो ।

यता, अध्यक्ष दाहालले महेशको क्षमता र अनुभवलाई मुलुकको समृद्धिका लागि सक्दो सदुपयोग गर्ने बताउनु भयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न महेशको बहुआयामिक व्यक्तित्वले सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्दै उचित जिम्मेवारी दिने आश्वासन पनि दिनु भएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेल, नेताहरु अग्नि सापकोटा, कृष्णगोपाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय