Saturday, October 5, 2024

झापा ११ का स्ट्राइकर कर्ण लिम्बु हिमालयन शेर्पाबाट लिग खेल्ने विश्वास श्रेष्ठ र गोलरक्षक किशोर गिरी पनि अनुबन्ध, देवेन्द्र तामाङ च्यासल युथ क्लबबाट खेल्ने

spot_img

खोजमुलक ।  झापा ११ का स्ट्राइकर कर्ण लिम्बु हिमालयन शेर्पा क्लबबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने भएका छन् । आगामी असोज १३ गतेदेखि शुरु हुने लिगका लागि हिमालयन शेर्पाले उनलाई अनुबन्ध गरेको छ ।

कर्णसँगै झापा ११ बाट खेल्ने विश्वास श्रेष्ठ र गोलरक्षक किशोर गिरी पनि हिमालयन शेर्पासँग लिगका लागि अनुबन्ध भएका छन् । पारिश्रमिक र सेवासुविधाबारे खेलाडीले केही बताउन चाहेका छैनन् । यद्धपी क्लबका लागि उपाधि दिलाउन आफु अधिकतम खेल्न तयार रहेको कर्णले बताए । त्यसैगरी, राष्ट्रिय टोलीमा परेका झापाका देवेन्द्र तामाङ च्यासल युथ क्लबबाट खेल्ने भएका छन् । च्यासलले देवेन्द्रलाई यसअघि नै अनुबन्ध गरिसकेको छ ।

आगामी असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल न्युरोड टोली एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ । लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टोली (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्नेछन् ।

राउण्ड रोविन लिगको आधारमा हुने सो प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले नगद ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले सात लाख र छैटौं टोलीले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् । फेयर प्ले टोलीले एक लाख रुपैयाँ तथा प्रत्येक खेल जिते बापत एन्फाले क्लबलाई ५० हजार र म्यान अफ दि म्याच हुने खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार दिइनेछ ।

लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछ । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय