Monday, October 7, 2024

सीमा बन्द गरेर सरकारले मधेसलाई नियन्त्रणमा लिन खोजेको आरोप

spot_img

६ असोज, सप्तरी । मधेसलाई नियन्त्रणमा लिनका लागि खुल्ला सीमालाई सरकारले बन्द गर्न खोजेको एक कार्यक्रमका सहभागीहरुले आरोप लगाएका छन ।

नेपाल भारत खुला सीमा सम्वाद समूहद्वारा राजविराजको जिल्ला समन्वय समितिको हल राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो आरोप लगाएका हुन् ।

कार्यक्रममा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले नेपाल र भारतबीचको बेटीरोटीको सम्बन्धलाई थप प्रगाढ बनाउनुको साटो सम्बन्धमा बाधा पुर्याउने काम भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभयो । नेपाल–भारतको सम्बन्ध सीमारहित रहेकोले विपतको बेलामा एक आपसमा सहयोगको लागि तारबारको औचित्य नरहेको बताउँदै उहाँले भन्नुभयो, ‘तारबार लगाउने काम हामीहरुका लागि कदापि मान्य हुँदैन ।’

कार्यक्रममा इतिहासविद् डा. पिताम्वर यादवले दुवै देशबीचको धर्म संस्कृतिप्रति मधेसमै प्रतिबन्ध लगाउने काम भइरहेको बताउनुभयो । मेचीदेखि महाकालीसम्मका जनतालाई यसको वास्तविक कुरालाई बुझाउन अभियान सञ्चालन गर्नु पर्ने बताउँदै संसदसम्म पुर्याउनुको विकल्प नरहेको बताउुनभयो ।

राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य तथा प्राध्यापक अमरकान्त झाले सीमामा बोर्डर सिल गर्नुभन्दा दुवै देशको भावनालाई बुझेर यसलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्वाद कार्यक्रममा भारत बिहार कुनौली प्रखण्डका मुिखया सत्यनारायण रजक तथा निर्मली प्रखण्डका पूर्व मुखिया अरबिन्द गुप्ता नेपाल–भारतको सीमावर्ती क्षेत्रमा हुने तस्करी र आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने भारत सरकारको नीति भएको बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय