Monday, October 7, 2024

सुरुङ्गाको सुमित नेपाल आइडलको टप १८ मा

spot_img

झापा सुरुङ्गाको गायक सुमित पाठक एपिवान टेलिभिजनको नेपाल आइडल सिजन दुइको टप १८ भित्र पर्न सफल भएका छन ।
हजारौ प्रतिस्पर्धीहरु उछिन्दै पाठक यस सिजनको आड़िसनमा  गोल्डेन माइक पाएर उनि थ्रॆएटर राउण्ड नदिकन गाला राउण्ड अर्थात टप १८ भित्र पर्न सफ लबनेका हुन । १९ बर्षिय पाठक ४ बर्षदेखिनै गायन क्षेत्रमा लागेका उनका पिता तथा चर्चित गायक संगित साधक धुब्र पाठकले बताउनुभयो ।

सुमितको नेपाल आइडलको अवको अगाडिको यात्रा भोटिङ्ग र गायक दुबैतर्फबाट निर्णय हुने छ । पाठक पुर्वका एकमात्र सिधै गाला राउण्डमा प्रवेश गर्ने प्रतिस्पर्धी हुन । ज्ञानज्योती युवा क्लवका सदस्य समेत रहेका सुमितको अव आगामी यात्राका लागि भोटिङ्गका लागि झापा तथा नेपालभर अभियान चलाइने ज्ञानज्योती युवा क्लवका संस्थापक अध्यक्ष सुनिल भेटवालले बताउनुभयो । पाठक विर्तामोडस्थित कोहेड कलेजबाट दश जोड दुइ सकाएका छन । पाठकले आफ्नो नेपाल आइडलको अगाडिको यात्राका लागि भोटिङ्ग सहयोग गरिदिन सबैसग अपिल गरेका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय