Sunday, October 6, 2024

कृएटिभ नेप्लीज युथ क्लव गौरादह द्वारा शैक्षिक सामाग्री बितरण

spot_img
३ असोज, गौरादह । कृएटिभ नेप्लीज युथ क्लव गौरादह झापा शाखाले गौरादह ४ मिलनचोकमा रहेको जनता आधारभुत विद्यालय प्राथमिक शिक्षाका ५५ जना विद्यार्थीहरुलाई मंगलवार एक कार्यक्रमका बीच पाठ्यसामाग्री वितरण गरेको छ । अध्ययनरत विद्यार्थीहरुलाई सिकाइकार्यमा सहजताका लागि वर्णमाला चार्टहरु विद्यालयलाई वितरण गर्नुका साथै विद्यार्थीलाई कापी, कलम, पेन्सिल लगायतका शिक्षण सामाग्री वितरण गरिएको थियो ।
प्रजिना कन्स्ट्रक्सन प्रा.ली. गौरादह र ममता मेडिकल हल गौरादहले पाठ्यसामाग्री क्लबलाइ उपलब्ध गराएको कार्यक्रमका सभापतिले बताए ।
कार्यक्रमका प्रमुख अतिथी गौरादह नगरपालिकाका मेयर रोहित कुमार साहले कार्यक्रमको उद्घाटन गर्दै सामुदायिक विद्यालयमा गरिव तथा विपन्न परिवारका छोरा छोरीहरु अध्ययन गर्न आउने भएकाले पाठ्यसमाग्रीको अभावमा उनीहरु विद्यालय आउन अन्कनाउनु नपरोस भन्ने वातावरण बनाउनु सबै नागरिकको कर्तब्य भएको बताए ।
उनले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पाठ्यसामाग्री वितरण गर्ने कृएटिभ नेप्लीज युथ क्लवलाई धन्यवाद दिदै आगामी कार्यक्रमहरुमा अन्य विद्यालयहरुलाई पनि सहयोग गर्न आग्रह गरे ।
कृएटिभ नेप्लीज युथ क्लव सम्पर्क केन्द्र गौरादहका संयोजक पुजन भट्टराइको सभापतित्वमा सम्पन्न कार्यक्रममा सोही बिद्यालयको प्रधानाध्यापक लगायत अन्य अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम लाई  क्लबका सचिव बिसन  वस्नेतले सञ्चालन गरेका थिए ।
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय