Saturday, October 5, 2024

अफगानिस्तानले नेपाललाई दियो २४५ रनको लक्ष्य

spot_img

भारतको लखनउमा जारी यू १९ एकदिवसीय क्रिकेटमा अफगानिस्तानले नेपाललाई २४५ रनको लक्ष्य दिएको छ ।

टस जितरे पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४४ रन बनाएको थियो । अफगानिस्तानका लागि रियाज हसनले शतकीय पारी खेल्दै ११६ रन बनाएर नट आउट रहे । १४९ बल खेलेका हसनले १२ चौका तथा २

छक्का प्रहार गरेका थिए ।बसिर खानले ३२, आरिफ खानले २४ तथा इजाज अहमदले १९ रन जोडेका थिए । नेपालका पवन शर्राफ, सागर ढकाल र मोहम्मद समसेदले समान दुई दुई विकेट लिएका थिएभने रसिद खानले १ विकेट लिए ।

भारतका दुई तथा नेपाल र अफगानिस्तान सहित ४ टिम सहभागी प्रतियोगितामा नेपाल र अफगानिस्तान तेस्रो स्थानका लागि भिडेका हुन् । नेपाल भारतका दुवै टिमसँग पराजित भएको थियो भने अफगानिस्तान भारतका दुबै टिम र नेपालसँग पनि पराजित भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय