Sunday, October 6, 2024

टिप्परको ठक्करबाट एक जनाको मृत्यु

spot_img

नुवाकोट – जिल्लाको ककनी गाउँपालिका–१ महालक्ष्मी ओखरपौवामा आज बिहान टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट फोहर बोकेर ओखरपौवाको सिसडोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नं. को टिपरको ठक्करबाट पैदल यात्री ककनी–१ महालक्ष्मीका ४५ वर्षीय पदम बलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

दुर्घटनापछि चालक फरार भएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय