Sunday, October 6, 2024

कञ्चनपुरको भीमदत्तनगरमा साेमबार राति निषेधाज्ञा

spot_img

कञ्चनपुर– कञ्चनपुरको भीमदत्तनगरमा साेमबार राति निषेधाज्ञा लगाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थानमा साेमबार साँझ ६ बजेदेखि मङ्गलबार बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । यसअघि स्थानीय प्रशासनले साेमबार दिउँसाे १२ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा लगाउने सूचना जारी गरेको थियो ।

जिल्ला सुरक्षा समितिको केहीबेर अघि सम्पन्न बैठकले निषेधाज्ञाको समय हेरफेर गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिनुभयो । निषेधाज्ञाको समय परिवर्तनपछि अहिले महेन्द्रनगर बजार खुलेको छ ।

बजारमा चहलपहल बढेको छ । शैक्षिक संस्था भने साेमबार पनि बन्द छन् । भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या गरेको घटनापछि यहाँको स्थिति असामान्य बनेको थियो ।

स्थानीय प्रशासनले गएकाे शुक्रबारदेखि निषेधाज्ञा लगाउँदै आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय