Monday, October 7, 2024

एसिड पीडित दिदीबहिनी अस्पतालमा छटपटिदै ,अपराधी परेनन् प्रक्राउ

spot_img

०१ असोज. काठमाडौँ । एसिड आक्रमणमा परेका रौतहट चन्द्रपुर नगरपालिका–६ बजारटोलका दुई किशोरी उपचारका लागि खर्च अभावमा काठमाडौंस्थित एक अस्पतालमा छटपटाइ रहेका छन्।एसिड आक्रमणमा परेका दिदीबहिनी १८ वर्षिया सम्झना र १६ वर्षिया सुष्मिता दासको अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

उनीहरुको उपचारमा संलग्न डा. सुरेन्द्र बस्नेतका अनुसार एसिडले सम्झनाको अनुहार र टाउको सहित शरिरको ४० प्रतिशत अंश जलेको छ भने बहिनी सुष्मिताको केही कम छ। सम्झनाको स्वास्थ्य अवस्था निकै दर्दनाक रहेको डा. बस्नेतले जानकारी दिए।

सामान्य जीवन निर्वाह गरिरहेका पीडित किशोरीका बाबु जादवलाल दासले छोरीहरुको उपचारमा खर्च अभाव भएको भन्दै सहयोगका लागि अपिल गरेका छन्। अहिले उधारोमा उपचार गराइरहेका उनले भने, ‘यसअघि यस्तै घटनामा सरकारले सहयोग गरेको भन्ने सुनेको थिए, मेरा छोरीहरुको जीवन रक्षा गरिदिन अनुरोध गर्दछु।’

गत मंगलवार तीजको दर खाने दिन राती सुतिरहेका दास दिदीबहिनीलाई एसिड प्रहार गर्ने अपराधीको अझै पत्तो लागेको छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय