Monday, October 7, 2024

नेताले विदेशमा गर्ने उपचारको खर्च राज्यले नव्यहोर्ने

spot_img

२८ भदौ, काठमाडौं । अब राष्ट्रपति, प्रधानमन्त्री तथा नेताहरुले विदेशमा गएर गर्ने उपचारको खर्च राज्यले नव्यहोर्ने भएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य विधेयकमा प्रचलित कानुनमा जे सुकै व्यवस्था भए पनि विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने धारा थपेको हो ।

परिमार्जित विधेयक संसदमा पेश भएको छ । यो विधेयक बिहीबार नै पारित गर्ने तयारी छ । सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा विधेयकमा उपचार खर्चसम्बन्धी कुनै प्रावधान दिएन ।

तर, कांग्रेस सांसद गगन थापाले विदेशमा गरिने उपचारको खर्च व्यहोर्न नहुने संशोधन राखे । नेकपाका सांसद खगराज अधिकारीले भने मेडिकल काउन्सिलको सिफारिसमा मात्र उपचार खर्च दिने व्यवस्था राख्ने संशोधन हालेका थिए ।

समितिले भने एक कदम अगाडि बढेर प्रचलित कानुनमा जे व्यवस्था भए पनि विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने दफा विधेयकमा थप गरेको छ ।

विधेयक संसदबाट पनि पारित भई प्रमाणीकरण भएमा विदेशमा गरिने कुनै पनि उपचारको खर्च सरकारले व्यहोर्न पाउने छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय