Monday, October 7, 2024

सभामुखद्धारा निर्मला पन्तको घटना बारे सदनलाई जानकारी / कांग्रेस विरोधका कारण बैठक स्थगित

spot_img

२८ भाद्र, काठमाण्डौं । सभामुख कृष्ण बहादुर महराले कंचनपुरकी निर्मला पन्तको घटना बारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ ।

विहिबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्मला पन्तको बलात्कार पछिको हत्याको घटनाका दोषिलाई सरकारले नै संरक्षण दिएको भन्दै घटना बारे स्पष्ट जानकारी माग गरेपछि सभामुखले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

बैठक सुरु भएको जानकारी गराए लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध गरेपछि सभामुखले कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुलाई बोल्नका लागि समय दिनुभएको थियो । उहाँले निर्मला पन्तको हत्याको घटना संग जोडिए सार्वजनिक भएका विषयमाथि सरकारको जवाफ नभएसम्म सदन चल्न नदिने बताउनुभयो थियो । त्यसपछि सभामुखले घटना तर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सभामुखले सरकारलाई ध्यानाकर्षण गराएपछि प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध जनाईरहेपछि बैठक दश मिनेटका लागि स्थगित भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय