२८ भदौ, कञ्चनपुर । कञ्चनपुरमा आमाकै काखबाट हराएकी बालिका भेटिएकी छिन् । घरबाट केही मिटर पर धानबारीमा भेटिएको प्रहरीले जनाएको छ ।
बुधबार राति २ बजेतिर पुनर्वास नगरपालिका ८ को क गाउँमा आमा बेलुदेवी विष्टको काखबाटै नचिनेको मानिसले उनलाई लगेका थिए ।
प्रहरीका अनुसार बालिका धानबारीको बीचमा रोइरहेको अवस्थामा भेटिएकी हुन् । बालिकाको स्वास्थ्य अवस्था समान्य रहेको पनि प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।