Thursday, November 21, 2024

पाकिस्तानको एकदिवसीय र टी–२० क्रिकेट टिमका प्रशिक्षक ग्यारी कर्स्टनले दिए राजीनामा

spot_img

१२ कात्तिक । पाकिस्तानको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक ग्यारी कर्स्टनले पदबाट राजीनामा दिएका छन् । यही वर्षको अप्रिलमा दुई वर्षका लागि पाकिस्तानको सीमित ओभर क्रिकेटका लागि नियुक्त भएका कर्स्टन ६ महिनासम्म पनि टिक्न नसकेका क्रिकेटसम्बन्धी जानकारी दिने क्रिकइन्फोले जनाएको छ ।

कर्स्टनले राजीनामा दिएसँगै टेस्ट टिमका प्रशिक्षकले अस्ट्रेलियासँगको शृङ्खलामा नेतृत्व गर्ने पाकिस्तान क्रिकेट बाेर्ड (पीसीबी) ले जनाएको छ ।

पीसीबीले छनोटको अधिकार खोस्ने निर्णय गरेपछि पीसीबी र प्रशिक्षकबीचको विवाद बढ्दै गएको थियो । कस्टर्नले अस्ट्रेलिया र जिम्बावेसँगको शृङ्खलाका लागि टोली तथा सीमित ओभरको कप्तानका बारेमा आफ्नो भनाइ राख्न इच्छा राखे पनि पीसीबीले वास्ता नगरेको खबरमा उल्लेख छ ।

पहिलो टेस्टमा इङ्गल्यान्डसँगको हारपछि पीसीबीले केही साहसी कदमहरू चालेको थियो । पीसीबीले बाबर आजम, शाहिन अफ्रिदी र नसिम शाहजस्ता खेलाडीलाई दुई वटा टेस्टका लागि टोलीबाट हटाएको थियो । पीसीबीले छनोटको सबै अधिकार नयाँ समितिलाई दिएको थियो ।

पीसीबीले हिजो मात्रै मोहम्मद रिजवानलाई एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको नयाँ कप्तान बनाउँदै अस्ट्रेलियासँगको शृङ्खलाका लागि टोली घोषणा गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय