बिस्वकर्मा सोसाइटी अफ अमेरिका (बीएसए)ले अक्टोबर २६ मा सिजनको देउसी भैलो प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ । हिमालयन एडल्ट डे केयर मा आयोजित प्रतियोगितात्मक कार्यक्रममा ११ वटा प्रतिभाशाली समूहहरूले भाग लिएर थिए ।
नेपाली समुदायको विविधता झल्काउने सांस्कृतिक प्रस्तुतिका साथ देउसी भैलो प्रतियोगिता सम्न्न गरिएको हो । नेपाली संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले प्रवासमा भएर पनि नेपाली माटो नेपाल संग जोडिने देउसी भैलो प्रतियोगिताको आयोजना गरिएको बीएसएका अध्यक्ष अर्जुन रासाइलीको बताउनु भयो ।
विभिन्न सांस्कृतिक प्रस्तुतिहरू मार्फत नेपाली सम्पदाको र संस्कृतिलाई स्मरण गरीएको थियो । प्रतियोगितामा द डिभाइन म्युजिकल ग्रुप कोलम्बस, ओहायोले प्रथम स्थान हासिल गर्दै विजेता बनेको छ । त्यस्तै हाम्रो देउसी भैलो समूह सिन्सिनाटी दोस्रो स्थान हासिल गरको छ । उत्कृष्ट तिहार पोशाकको सजिएको भन्दै द ग्रेटर वुमन देउसी भैलो समूहलाई विशेष पुरस्कारहरू प्रदान गरिएको थियो ।
हिमालयन म्युजिक एकेडेमी किड्स ग्रुपलाई उत्कृष्ट टोली समन्वयको लागि पुरुस्कार सहित सम्मान गरीएको थियो । यस अवसरमा, बीएसएले नेपाली संस्कृति र परम्पराको संरक्षणमा अनवरत योगदान पु¥याएको भन्दै श्याम गौतमलाई सम्मान गरेको छ ।
बीएसएका अध्यक्ष रसाइलीले कार्यक्रमलाई सफल बनाउनका लागि विशेष सहयाग गर्ने सम्पूर्ण प्रायोजकहरू, मिडिया पार्टनरहरू र समुदायका संगठनहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै यस्तो कार्यक्रम आउँदा दिनमा पनि गर्दै जाने बताउनु भयो । यस्तो कार्यक्रमहरुले नेपाली परम्पराहरूलाई जीवित राख्न मद्धत पुग्ने उहाँको भनाइ छ ।