Wednesday, October 30, 2024

अपाङ्गता भएका शरणार्थी बालबालिका तथा बृद्वबृद्वालाई न्यानो कपडा वितरण

spot_img

१४ कात्तिक, बेलडाँगी । झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा अपाङ्गता भएका शरणार्थी बालबालिका तथा बृद्धबृद्वालाई  न्यानो कपडा वितरण गरिएको छ । शरणार्थी बस्ती व्यवस्थापन समिति मार्फत अमेरिका स्थित पिट्स्बर्ग युथ ग्रुपले गरेको आर्थिक सहयोगमा मङ्लबार एक कार्यक्रम बिच उक्त न्यानो कपडा वितरण गरिएको हो ।

सन् २०१८ देखि दातृ निकायले भुटानी शरणार्थीलाई दिदै आएको सहयोग कटौती गरेपछि झापा र मोरङमा रहेका शरणार्थी मारमा परेका छन् । शरणार्थी मध्ये पनि अपाङ्गता भएका शरणार्थी बालबालिका र बृद्वबृद्वाको दैनिकी अत्यन्त कष्टकर बन्दै गइरहेको छ ।

शरणार्थीहरुका दयनीय अवस्थाका बावजुद हालसम्म पनि शरणार्थीको सहयोगार्थ स्थायी दाता नआइरहेको परिप्रेक्षमा पिट्स्वर्ग युथ ग्रुपले कपडा वितरण गरेको हो ।

अमेरिकास्थित योगेस सिवाकोटी र सुदेश तिवारीको विशेष संयोजनमा अन्य अठ्ठाईस जना पुर्व भुटानी शरणार्थी युवाहरुको आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रम भुटानी शरणार्थी अपाङ्गता संघले आयोजना गरेको थियो । कार्यक्रममा बेलडाँगी शरणार्थी शिविर र पथरी शनिश्चरे शरणार्थी शिविरका गरि उल्लेख्य मात्रामा अपाङ्गता भएका शरणार्थी बालबालिका साथै बृद्वबृद्वाको सहभागीता थियो ।

कार्यक्रममा प्रमुख अतिथि एवं बेलडाँगी शिविरका सचिव सञ्चहाङ सुब्बाले सहयोगी दाता पिट्सवर्ग युथ ग्रपलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

कार्यक्रममा पिट्स्वर्ग युथ ग्रुपकै सहयोगमा अपाङ्गता भएका बालबालिका तथा बृद्वबृद्वालाई खान खुवाईएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय