जनवरी २९, २०२५, वाशिङ्टन डी.सी. नजिकै एक दर्दनाक विमान दुर्घटना भएको छ। अमेरिकन एयरलाइन्सको क्षेत्रीय जेट विमान र अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर प्रशिक्षण उडानका क्रममा ठोक्किँदा दुबै विमान पोटोम्याक नदी मा खसेका छन्।
रोनाल्ड रेगन वाशिङ्टन राष्ट्रिय विमानस्थल नजिकै भएको यस दुर्घटनाका कारण विमानस्थलका सबै उडानहरू स्थगित गरिएको छ। करिब ३०० उद्धारकर्मीहरू उद्धार कार्यमा जुटेका छन्, तर चिसो मौसम र तीव्र हावाका कारण कठिनाइ भइरहेको छ।
अधिकारिहरूले हालसम्म विमानमा रहेका यात्रुहरूको संख्या वा हताहतको पुष्टि गरेका छैनन्। दुर्घटनाको कारण पत्ता लगाउन राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) ले अनुसन्धान सुरु गरिसकेको छ।
यो दुर्घटना २००९ यताकै पहिलो ठूला व्यावसायिक विमान दुर्घटना भएको बताइएको छ।