Wednesday, January 29, 2025

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध अनुसन्धान गर्ने १२ अधिकारी बर्खास्त

spot_img

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ जना अधिकारीलाई बर्खास्त गरेको छ । बर्खास्तमा परेका उनीहरूले ट्रम्पविरुद्ध अनुसन्धान गरेका थिए ।

अमेरिकाका कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले ती अधिकारीहरूलाई बर्खास्त गर्ने निर्णय गर्नुभएको बीबीसीले जनाएको छ ।

न्याय विभागका ती अधिकारीले आउँदा दिनमा राष्ट्रपति ट्रम्पको एजेन्डालाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न नसक्ने भएकाले बर्खास्त गरेको कार्यवाहक महान्यायाधिवक्ता म्याकहेनरीले बताउनुभएको छ । यसैबीच राष्ट्रपति ट्रम्पले थप तीनवटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने सम्भावना छ ।

उहाँले सेनामा ट्रान्सजेन्डरको भर्ती, कोभिड भ्याक्सिन अस्वीकार गर्ने सिपाहीको  पुनर्स्थापना तथा  विविधता, समानता र समावेशी योजनासँग सम्बन्धित आदेशमा हस्ताक्षर गर्ने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ  ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय