Monday, January 27, 2025

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन दुईको अडिसन फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पानसमा बत्ती बालेर शुभारम्भ गरे

spot_img

अमेरिका,
सबैभन्दा धेरै पुरस्कार राशी भएको विश्वस्तरीय नेपाली गायन र नृत्यका रियालिटी शोहरू मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन दुईको अडिसन अमेरिकाको ओहायोबाट सुरु भएको छ।

संसारका ५ महादेशहरूमा पर्ने १२ देशका १४ शहरहरूमा तय गरिएका यी अडिसनहरूको सुरुवात अमेरिकाको कोलम्बसबाट जनवरी २५ र २६ मा भएको छ। अमेरिका र क्यानडाका नेपाली जातिका गायन र नृत्यका प्रतिभाहरू सम्मिलित एक भव्य समारोहका बीच आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले पानसमा बत्ती बालेर शुभारम्भ गरेका थिए।

विश्वभर छरिएर रहेका नेपाली जातिका कलाकारहरूबीच प्रतिष्पर्धा गराइने यी दुवै शोहरूका विजेताले १ करोड, उपविजेताले २५ लाख र तेस्रो हुनेले १० लाख पुरस्कार पाउने छन्।

शुभारम्भका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै फाउण्डेसनका अध्यक्ष अधिकारीले संसारको जुनसुकै कुनामा बसे पनि आफ्नो मौलिक संस्कृतिलाई जीवन्त राख्न प्रयत्न गरिरहनु पर्ने बताए। उनले नेपाली जातिको अमूल्य संस्कृतिले नै आफूहरूलाई नेपाली बनाएको भन्दै यसलाई जोगाउन विश्वस्तरीय दुई शोहरू सुरु गरिएको बताए।

नेपाली जातिको संस्कृतिलाई गीत, संगीत र नृत्यका माध्यमबाट अर्को पुस्तासम्म पुस्तान्तरण गर्ने, यही माध्यमबाट नेपाली जातिको एकतालाई संसारभर मजवुत पार्ने र जहाँ सुकै बसे पनि नेपाली जातिलाई नेपालदेशसंग जोड्ने उदेश्यले गैरनाफामुलक संस्था फाउण्डेसनले यी शोहरू आयोजना गर्दै आएको पनि उनले जानकारी दिए।

अमेरिकाबाट सुरु भएको अडिसन युरोपका लण्डन र पोर्चुगल, जापानको टोकियो, चीनको हंगकंगमा अअरी १५ र १६ मा हुँदै छ भने अष्ट्रेलियाको सिड्नीमा फेब्रुअरी २३, थाइल्याण्डको बैंकक, युएईको दुवईमा फेब्रुअरी २२ र २३ मा हुने जानकारी पनि दिइयो।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय