Tuesday, January 21, 2025

डोनाल्ड ट्रम्पद्वारा जारी कार्यकारी आदेशहरू

spot_img

 

अमरिका,
डोनाल्ड ट्रम्पले अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरे पछि ट्रम्पले आफ्नो राष्ट्रपति कार्यकालको सुरुवातमै विभिन्न महत्वपूर्ण कार्यकारी आदेशहरू जारी गरेका छन्, जसले संघीय नीतिमा व्यापक परिवर्तन ल्याउने प्रयास गरेका छन्। ती आदेशहरू निम्नानुसार छन्:

1.पेरिस जलवायु सम्झौताबाट फेरि अमेरिकी निष्कासनको निर्देशन:

ट्रम्पले अमेरिका पेरिस जलवायु सम्झौताबाट पुनः बाहिरिने निर्णय गरेका छन्।

2.विश्व स्वास्थ्य संगठन (WHO) बाट फेरि अमेरिका हटाउने निर्णय:

ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठन (WHO) बाट हटाउने आदेश जारी गरे, यसअघि पनि उनले यस्तो निर्णय गरेका थिए।

3.जनवरी ६ को क्यापिटल आक्रमणमा संलग्न व्यक्तिहरूको क्षमादान:

ट्रम्पले जनवरी ६ का घटनामा संलग्न कैयौं व्यक्तिलाई क्षमा दिएका छन्।

4.टिकटकलाई अनलाइन राख्ने कार्यकारी आदेश:

ट्रम्पले टिकटकलाई हाललाई अनलाइनमै रहने आदेश जारी गरेका छन्, जसले यो एपलाई प्रतिबन्धित हुनबाट रोक्छ।

5.क्युबासँग सम्बन्धित बाइडेनका नीतिहरू स्थगन गर्ने आदेश:

क्युबासँग सम्बन्ध सुधार गर्न बाइडेनले चालेका कदमलाई रोक्न कार्यकारी आदेश जारी।

6.बाइडेनका नयाँ आदेशहरू स्थगन गर्ने आदेश:

बाइडेनले आफ्नो कार्यकालमा जारी गरेका धेरै नयाँ आदेशलाई स्थगित गर्ने निर्देशन दिइएको छ।

7.संघीय कर्मचारीहरूलाई पुनः हप्तामा ५ दिन कार्यालयमा फर्कन आदेश:

ट्रम्पले संघीय कर्मचारीहरूलाई ५ दिन कार्यालयमा उपस्थित हुनुपर्ने निर्देशन जारी गरेका छन्।

8.संघीय कर्मचारी नियुक्तिमा रोक लगाउने आदेश:

संघीय सरकारको नियुक्ति प्रक्रिया रोक्न आदेश जारी गरिएको छ।

9.२०२१ को टाइटल IX आदेश खारेज गर्ने निर्णय:

ट्रम्पले बाइडेन प्रशासनद्वारा २०२१ मा जारी गरिएको टाइटल IX आदेश खारेज गरेका छन्।

10.२०१७ को निर्वासन मापदण्ड पुनःस्थापना गर्ने आप्रवासन आदेश:

ट्रम्पले २०१७ मा लागु गरिएको आप्रवासन मापदण्ड पुनःस्थापना गर्दै निर्वासन प्रक्रिया कडा बनाउने निर्णय गरेका छन्।

11.घातक इन्जेक्सन ड्रग्स आपूर्ति गर्न राज्यलाई सहयोग गर्ने आदेश:

ट्रम्पले न्यायमन्त्रीलाई राज्यहरूलाई मृत्युदण्डका लागि आवश्यक औषधि उपलब्ध गराउन सहयोग गर्ने निर्देशन दिएका छन्।

यी आदेशहरूले ट्रम्पको “अमेरिका फर्स्ट” नीति पुनः अघि बढाउने उद्देश्य लिएका छन्। यद्यपि, यीमध्ये केही आदेशले विवाद र कानूनी चुनौती निम्त्याउने सम्भावना रहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय