Friday, February 14, 2025

युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाद्वारा “माङी त्हीं” पर्व भव्य रूपमा मनाउदैँ

spot_img

 

 

अमेरिका,

युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका (UGSA) ले गुरुङ समुदायको मौलिक पर्व “माङी त्हीं” ह्यारिसबर्ग, पेन्सिलभेनियामा आयोजना गर्ने भएको छ। गुरुङ समुदायको ऐतिहासिक तथा सांस्कृतिक पहिचान झल्काउने यो पर्व अमेरिकाका विभिन्न राज्यबाट उपस्थित गुरुङ परिवारहरू र समुदायका सदस्यहरूको ठूलो सहभागितामा उल्लासपूर्ण वातावरणमा तारीख: फेब्रुअरी ८, २०२५ स्थान: ५६५० ल्यान्कास्टर स्ट्रीट, ह्यारिसबर्ग, PA १७१११ आयोजना गर्ने भएको छ।

माङी त्हीं पर्व गुरुङ समुदायका लागि धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण छ। माङी त्हीं तमु जातिको मौलिक शास्त्र “प्ये ताँ ल्हु ताँ” को आधारमा श्रृष्टिकालको पहिलो सात आमाहरूको संस्मरणमा खेगीहरूद्वारा पुजा-पाठ गरी मनाईने एक महान तथा महत्वपूर्ण पर्व हो। तमु महिला दिदी बहिनीहरूले घर-परिवार र समाजप्रति दिएको अथक योगदान र परित्यागको उच्च सम्मान गरिने दिन हो। यस पर्वले तमु महिला दिदी-बहिनीहरूमा एकता, आत्मीयता र मनोबल उच्च बनाउनेमा तमुहरू विश्वास राख्दछन्।

पर्वको मुख्य आकर्षणमा गुरूङ जातिका परम्परागत पुजारीहरू (तमु खेगीहरू) द्वारा पुजा पाठ गरी रिपा लगाई आशीर्वाद र अभिषेक दिनेछन्। गुरुङ समुदायका विशेष सांस्कृतिक नृत्य र गीतहरूको प्रस्तुति, तथा सामूहिक भोज समावेश हुनेछ।“विशेषगरी, घाँटु, सोराठी, रोधीं र अन्य गुरुङ परम्परागत नृत्यहरूले दर्शकहरूको मन जित्नेछन्” भन्छन् हेरिस्वर्ग गुरुङ समुदायका अध्यक्ष पदम लेम् तमु।

“मौलिक भेषभूषा र संगीतले कार्यक्रमलाई अझै जीवन्त बनाऊने छ।माङी त्हीं पर्वले गुरुङ समुदायको मौलिकता, पहिचान र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै, नयाँ पुस्तालाई आफ्ना सांस्कृतिक जरा र पहिचानसँग जोड्न प्रेरणा दिनेछ र यस्ता चाड-पर्वहरूले अमेरिकी भूमिमा बसोबास गर्ने गुरुङ समुदायका लागि आफ्नो अस्तित्व बचाइराख्न महत्त्वपूर्ण भूमिका खेल्नेमा दृढ़ विश्वास राख्दै युनाइटेड गुरुङ सोसाइटी अफ् अमेरिका अगाड़ि बढिरहेको यू. जी. एस्. ए को माङी विभागका अध्यक्ष गोमा प्हच्यु गुरूङले बताउनु भयो।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय