Wednesday, December 25, 2024

सोमालियामा झण्डै ६० लाख मानिस विस्थापित

spot_img

१ पुस ।  सोमालियामा झण्डै ६० लाख मानिस विस्थापित भएका छन् । द्वन्द्व, असुरक्षा र जलवायु परिवर्तनका कारण निम्तिएको खडेरी तथा अनिकालका कारण सोमालियामा ५९ लाख ८० हजार मानिस विस्थापित भएका मानवीय मामिलाहरूको समन्वयको लागि संयुक्त राष्ट्रको कार्यालय (ओसीएचए) ले जनाएको छ ।

सोमालिया, इथियोपिया र केन्यालगायत अफ्रिकामा रहेका उसका छिमेकीहरू ४५ वर्षयताकै सबैभन्दा खराब खडेरीको चपेटामा परेका छन् । संयुक्त राष्ट्रसङ्घले आउँदो सन् २०२५ सम्ममा सोमालीमा मानवीय कार्य विस्तार गर्न एक अर्ब ४२ करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ ।

मानवीय आवश्यकता र प्रतिक्रिया योजना (एचएनआरपी) सबैभन्दा गम्भीर स्तरको आवश्यकता भएका मानिसहरूलाई सहयोग गर्नमा केन्द्रित रहेकामा ४० लाख मानिसहरूलाई सहायताको लागि लक्षित गरिने ओसीएचएले जनाएको छ ।

चक्रीय खडेरी र बाढीको बढ्दो आवृत्तिले लाखाैँ सोमालीहरूको सामना गर्ने क्षमता र लचिलोपनलाई तनावमा पारेको समाचार संस्था एएफपीले जनाएको छ । भोकमरीले अहिले सिङ्गो देशलाई सङ्कटमा पारेको खबरमा उल्लेख छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय